प्रतितोला नौ सयले घट्यो सुन, चाँदी बढ्यो 

प्रतितोला नौ सयले घट्यो सुन, चाँदी बढ्यो 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

थप समाचार