काठमाडौं : एसियन लाइफ इन्स्योरेन्स कम्पनीले ५ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको ५ लाख ३० हजार कित्ता सेयर विद्यमान संस्थापक सेयरधनी र सर्वसाधारणले समेत खरिद र्ग पाउने गरी बिक्रीमा ल्याएको हो ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता न्यूनतम २७५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले साउन ३२ गतेदेखि भदौ ११ गतेसम्म काठमाडौंको लाजिम्पाटस्थित एनआईएमबि एस क्यापिटलको कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ ।
बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम २ लाख कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ । अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
Advertisment