काठमाडौं : पछिल्लो समय शेयर बजारमा देखिएको बुलिस ट्रेन्डले लगानीकर्ताको सम्पत्ति उल्लेख्य रुपमा बढेको छ । नेप्से परिसूचक लगातार रुपमा उच्च अंकले बढिरहेका बेला बजार पुँजीकरण पनि बढेको हो ।
एक महिनाको अवधिमा बजार पुँजीकरण करिब ११ खर्ब रुपैयाँले बढेको छ । शेयर बजार निन्तर बढेपछि लगानीकर्ताको सम्पत्ति १० खर्ब ९९ खर्ब ६७ करोड १५ लाख रुपैयाँले बढेको छ ।
गत साउन १ गते मंगलबार ३६ खर्ब ६६ अर्ब २३ करोड ८३ लाख रुपैयाँ रहेको बजार पुँजीकरण २९.९९ प्रतिशतले बढेर ४७ खर्ब ६५ अर्ब ९० करोड ९८ लाख रुपैयाँ पुगेको छ ।
एक महिनाको अवधिमा शेयर बजार ६९१.२२ अंकले बढेको छ । साउन १ गते नेप्से ७०.१८ अंकले बढेको २०२३.५९ बिन्दुमा बन्द भएको थियो । सो दिन बजारमा ९ अर्ब ७ करोड ३६ लाखको कारोबार भएको थियो ।
साउन महिनाको अन्तिम कारोबार दिन बिहिबार शेयर बजार ३००१.८१ बिन्दुमा पुगेको छ । शेयर बजार झण्डै तीन वर्ष पनि ३ हजार बिन्दुमा पुगेको हो । यसअघि २०७८ भदौमा नेप्से परिसूचक ३२ सयको बिन्दुमा पुगेको थियो ।
शेयर बजार निरन्तर रुपमा बढेसँगै कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भएको छ । अन्तिम कारोबार दिन बिहिबार नेप्सेमा २९ अर्ब ३० करोड ५२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
बैंकहरुको निरन्तर घट्दो ब्याजदर र राष्ट्र बैैंकको लचक नीतिले लगानीकर्ताहरु उत्साहित भएका छन् । राष्ट्र बैैंकले चाल् आर्थिक वर्षको मौद्रिक नीतिमा शेयर मार्जिन लोनमा संस्थागत तर्फको २० करोडको सीमा खारेज गरिदिएको छ भने जोखिम भार पनि घटाएको छ ।
त्यसैगरी बैंकहरुको ब्याजदर पनि निरन्तर रुपमा घटिरहेका छ । भदौ महिनाका लागि पनि १३ वटा बैंकहरुले ब्याजदर घटाएका छन् ।
Advertisment