Below Menu
Below Menu

सहकारी मन्त्री अधिकारीको प्रश्न- एउटै व्यक्ति कति पदमा बस्ने किटान गर्नुस्  

सहकारी मन्त्री अधिकारीको प्रश्न- एउटै व्यक्ति कति पदमा बस्ने किटान गर्नुस्  

काठमाडौं : भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सहकारीका समस्या समाधानका लागि सहकारी अभियान नै अग्रसर हुनुपर्ने बताएका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को ३७औ वार्षिकोत्सव  समारोहमा बोल्दै उनले सहकारी जोगाउन अभियान नै अग्रसर हुन पर्नेमा जोड दिए ।

सहकारीमा धेरै समस्या नरहेको दाबी गर्दै उनले भने, ‘सहकारी सबै सकियो भन्ने हल्ला छ । तर, त्यो होइन । समस्यामा परेकालाई जोगाउन अभियान एक भएर लाग्नुपर्छ । सहकारी अभियानले समस्यामा आएका सहकारीलाई समाधान गर्ने योजना बनाउन्ुस न समाधान हुन्छ,’, उनले थपे,‘ बिग्रियो भन्ने अप्ठ्यारोमा परेकालाई पन्छाउने अनि आफू अघि बढ्न खोजेर समस्याको समाधान हुँदैन ।’

सहकारी जोगाउन सरकारले गर्नुपर्ने काममा सधै तयार रहेको प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘एक अर्को लाई दोष दिएर पन्छिने प्रवृत्तिले समस्या समाधान हुँदैन । कानुनी रुपमा भएका समस्यालाई लिएर आउनुस् सम्बोधन गर्न हामी तयार छौं ।’
सदस्यको समृद्धिका लागि भन्दा पनि सञ्चालकले व्यक्तिगत मुनाफाका लागि ध्यान दिँदा समस्या आएको बताउँदै उनले भने, ‘सहकारीले सहकारीको उद्देश्य अनुसार काम गर्नुपर्छ । कमजोर वर्गका हितका नीम्ति काम गरी उनीहरुको आर्थिक स्तर उकास्नु पर्छ ।’

सहकारीका निर्णय कार्यन्वयनका लागि अभियानको सहयोग आवश्यक रहेको बताउँदै उनले भने, ‘ऋण असली न्यायाधीकरण, दोस्रो तहको नियामक निकाय र कर्जा सूचना केन्द्र र बचत तथा कर्जा सुरक्षणकोष खडा गर्ने कुरा राख्नु भएको छ । यी धेरै पहिलेदेखिका उठेका कुरा हुन् । अभियानले साथ दिए एक वर्ष भित्रमा सबै योजना कार्यान्वयन गर्छु ।’ 

दोस्रो तहको नियामक निकायका लागि सहकारी अभियानकै धारणा बाँझिएको उनले बताए । ‘न्यायाधीकरणको प्रक्रिया अघि बढाएको छु । नियामक निकायको विद्येयक तयार भइसकेको छ । तपाईहरु सबैको भावनानै मिलिसकेको छैन । नियामक निकाय स्वतन्त्र हुन्छ की २०७४ को ऐनसँग जोडिएर आउँछ । तपाईहरुकै राय मिलेको छैन ।’ 

दोहोरो पदका विषयमा पनि सञ्चालहरुबीच विभेद रहेको बताउँदै उनले भने, ‘एक व्यक्ति एक ठाउँमा बस्ने हो । त्यसको पनि किटान हुनुपर्यो । एउटै प्रकृतिका सहकारीमा सदस्य छ भने उसलाई आउन पाउदैन भन्न भएन । तर, विविध उद्देश्य भएका सहकारीमा तत्कालिन समयमा बस्ने की नबस्ने कुरामा पनि किटान गर्न जरुरी छ, यसमै तपाईहरुको विभेद छ । सञ्चालहरुबीच एउटै धारणा हुनुपर्यो,’ उनले थपे, ‘एक व्यक्ति कति ठाउँमा बस्ने छुट्टिएर आउनु पर्यो । किटान गरेर आउनुस्’ 
 
 

Advertisment

थप समाचार