Below Menu
Below Menu

भीम गुरुङ्ग बने मुलुककै उत्कृष्ट सीईओ

भीम गुरुङ्ग बने मुलुककै उत्कृष्ट सीईओ

काठमाडौं : कस्कीको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भीम गुरुङ्ग मुलुककै उत्कृष्ट घोषित भएका छन् । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले हरेक वर्ष प्रदान गर्ने ‘अभियानमा कार्यरत उत्कृष्ट व्यवस्थापक पुरस्कार’मा यस वर्ष गुरुङ्ग छनोट भएका छन् ।

नेफ्स्कूनले ३७औं स्थापना दिवसको अवसरमा उक्त पुरस्कार गुरुङ्गलाई प्रदान गर्ने घोषणा गरेको हो । नेफ्स्कून सम्मान तथा उत्प्रेरणा नीति २०६८ (संसोधन समेत)को खण्ड ३ को दफा ५ बमोजिमका विधाहरुमा दफा ८ ले तोकेको मापदण्डका आधारमा नाम घोषणा गरिएको नेफ्स्कूनले जनाएको छ । आज घोषण गरिएको सम्मान तथा पुरस्कार आगामी साधारण सभामा प्रदान गरिने जनाएको छ ।

२०५५ सालमा रोयल बचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्षबाट भीम गुरुङ्गको सहकारी यात्रा सुरु भएको थियो । २०५८ सालसम्म रोयल सहकारीको क्षेत्रिय कार्यालय पोखरामा कार्यरत थिए गुरुङ्ग । तत्कालिन सहकारी ऐनमा भएको संशोधनले सहकारीका शाखा कार्यालय नरहने व्यवस्था अनुरुप पोखरा कार्यालयलाई स्वायत्त गरी संस्था दर्ता गर्ने जिम्मेवारी उनको काँधमा आयो र सोही अनुसार स्थानिय २८ जना व्यक्तिहरुलाई एकजुट गराइ २०५९ साल जेष्ठ ८ गते संस्थापक सचिव भई पोखरा रोयल सहकारी संस्था लिमिटेडको दर्ता गरेका थिए । तत्पश्चात उक्त संस्थाको सचिव एवं प्रवन्ध निर्देशकको रुपमा १७ वर्षसम्म क्रियाशील थिए ।

सहकारी ऐन २०७४ ले २ करोड भन्दा माथिको संस्थामा प्रबन्ध निर्देशक रहन नपाउने व्यवस्था अनुरुप सचिवबाट राजिनामा दिई २०७६ सालबाट वहाँ पोखरा रोयल सहकारी संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् ।

Advertisment

थप समाचार