सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन तोलामा तीन हजारले बढ्यो 

सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन तोलामा तीन हजारले बढ्यो 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । साउन २९ गते मंगलबार दुई हजार एक सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको  छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

थप समाचार