Below Menu
Below Menu

करिब २० प्रतिशतले घट्यो साल्ट ट्रेडिङ्ग कर्पोरेशनको नाफा 

करिब २० प्रतिशतले घट्यो साल्ट ट्रेडिङ्ग कर्पोरेशनको नाफा 

काठमाडौं : साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ६ करोड ३२ लाख रूपैयाँ नाफा कमाएका भन्दा बढी खुद नाफा गरेको छ । 

उक्त नाफा आवको सोही अवधिको तुलनामा १९.७७ प्रतिशत कम हो । अघिल्लो वर्ष कम्पनीले ७ करोड ८८ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । यस अवधिमा कम्पनीको ५२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ८ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले गत वर्ष १३ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी ३२ करोड ७ लाख १६ हजार रुपैयाँ छ भने जगेडा कोष रकम १ अर्ब ४१ करोड ४३ लाख रुपैयाँ रहेको छ । असार मसान्तसम्म आइपुग्दा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १९ रुपैयाँ ७१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३९७ रुपैयाँ ६२ पैसा छ ।

Advertisment

थप समाचार