साउनमा बजेट खर्चभन्दा राजस्व संकलन दोब्बर, करिब ९७ अर्ब उठ्यो राजस्व  

साउनमा बजेट खर्चभन्दा राजस्व संकलन दोब्बर, करिब ९७ अर्ब उठ्यो राजस्व  

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो साउन महिनामा सरकारको खर्च भन्दा आम्दानी दोब्बर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार साउनमा वार्षिक लक्ष्यको ६.५९ प्रतिशत आम्दानी र २.१६ प्रतिशत खर्च भएको छ ।

यस अवधिमा सरकारले करिब ९७ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ भने ४० खर्ब २० करोड ८५ लाख रुपैयाँ खर्च गरेको छ । 
चालु आवका लागि १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको सरकारले ९६ अर्ब ९८ करोड ४० लाख रुपैयाँ राजस्व उठाएको हो । जुन लक्ष्यको ६.५९ प्रतिशत रहेको छ ।

यस अवधिमा कर राजश्वतर्फ ६.६८ प्रतिशत अर्थात् ९४ अर्ब ७६ करोड ९९ लाख उठेको छ । गैरकरतर्फ वार्षिक लक्ष्यको ६.०३ प्रतिशत अर्थात् ७७ अर्ब ४३ करोड २९ लाख बराबर असुली भएको छ ।

चालु आवका लागि कूल ५२ अर्ब ३२ करोड ६५ लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखिएको छ । 

चालु आवका लागि कूल १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख बराबरको वार्षिक बजेट रहेकामा साउनमा ४० अर्ब २० करोड ८५ लाख खर्च भएको छ । यो वार्षिक लक्ष्यको २.१६ प्रतिशत बराबर हो ।

चालुगत शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख बराबर बजेट छुट्याइएकामा १.०९ प्रतिशत अर्थात् १२ अर्ब ३८ करोड ३१ लाख खर्च भएको छ । चालु शीर्षकमा हालसम्म भएको खर्च वार्षिक लक्ष्यको १ दशमलव ९ प्रतिशत हो ।

त्यसैगरी, पुँजीगत खर्च शीर्षकमा तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बराबर छुट्याइएकामा ०.४३ प्रतिशत अर्थात् ८ अर्ब ५५ करोड ४८ लाख बराबर खर्च भएको छ ।

वित्तीय व्यवस्थापनमा ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख बराबर बजेट विनियोजन भएकामा ५.२५ प्रतिशत अर्थात् १९ अर्ब २७ करोड ६ लाख बराबर खर्च भएको छ
 

थप समाचार