काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३४.४७ अंकले घटेर २९६६.३३ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ४३.०५ अंकले बढेर ३०००.८१ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ४७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९७ कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार घटेसँगै आज कारोबार रकम पनि गिरावट आएको छ । आज बजारमा २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा २९ अर्ब ९५ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ८२ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन सम्पदा लघुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आज नेपाल फाइनान्स कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment