काठमाडौं : पछिल्लो समय एनओसी लिनेको सङ्ख्यासँगै शिक्षाका नाममा विदेशिने रकम पनि बढिरहेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार एक वर्षमा मात्र उच्च शिक्षाका नाममा एक खर्ब २५ अर्ब १३ करोड बाहिरिएको छ ।
सरकारले विदेश अध्ययन प्रणाली खुकुलो भएसँगै यो संख्या उच्च रुपमा बढ्न थालेको हो । अघिल्लो वर्ष उच्च शिक्षाका नाममा १ खर्ब अर्ब ४२ करोड रुपैया बाहिरिएको थियो ।
नेपालबाट धेरैजसो विद्यार्थीहरुले जापान अष्ट्रेलिया, बेलायत, क्यानडा, अमेरिकालगायतका देशमा अध्ययनका लागि एनओसी लिने गरेका छन् ।
विदेशमा पढ्न जाने विद्यार्थीहरुलाई मुद्रा सटहीका लागि एनओसी लिन्छन् ।विदेशमा पढ्का लागि लाग्ने शुल्कका आधारमा एनओसी गर्दै आएको छ ।
एनओसीका आधारमा विद्यार्थीले बैङ्किङ प्रणालीमार्फत विदेशस्थित कलेज तथा विश्वविद्यालयमा शुल्क पढाउँछन् । यसरी बैङ्कमार्फत रकम पढाउँदा उनीहरुले तीन प्रतिशत शिक्षा सेवा शुल्क बुझाउनुपर्छ ।
शिक्षा मन्त्रालयको तथ्यांक अनुसार गत आव २०८०/८१ मा ६६ वटा देशका लागि एक लाख १२ हजार दुई सय ५६ वटा एनओसी जारी भएका छन् ।
विदेश भ्रमणमा बाहिरियो करिब दुई खर्ब
राष्ट्र बैंकका अनुसार गत वर्ष विदेश भ्रमणमा करिब दुई खर्ब रुपैयाँ बाहिरिएको छ । यस अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ३१.१ प्रतिशतले वृद्धि भई १ खर्ब ८९ अर्ब ४३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १ खर्ब ४४ अर्ब ५२ करोड रहेको थियो ।
त्यसैगरी आर्थिक वर्ष २०८०/८१ मा खुद सेवा आय ५५ अर्ब ८६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष खुद सेवा आय रु. ७९ अर्ब ८९ करोडले घाटामा रहेको थियो ।
समीक्षा वर्षमा सेवा खाता अन्तर्गत भ्रमण आय ३२.१ प्रतिशतले वृद्धि भई ८२ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ६२ अर्ब ३० करोड रहेको थियो ।
Advertisment