Below Menu
Below Menu

नेप्सेमा थपियो साढे २१ अर्ब रुपैयाँ बराबरको बोनस शेयर

नेप्सेमा थपियो साढे २१ अर्ब रुपैयाँ बराबरको बोनस शेयर

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा साढे २१ अर्ब रुपैयाँ बराबरको बोनस शेयर थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा २१ अर्ब ६५ करोड बराबरको बोनस शेयर सूचीकृत भएको हो । 

राष्ट्र बैंकका अनुसार नेप्सेमा गत असार मसान्तमा सूचीकृत ८ अर्ब ३२ करोड शेयरको चुक्ता मूल्य ८ अर्ब २५ अर्ब ५ करोड रहेको छ ।

यस अवधिमा १ खर्ब ३० अर्ब ४७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्। जसमा ८६ अर्ब ८१ करोड बराबरको साधारण शेयर, ३ करोड बराबरको एफपीओ र २१ अर्ब ६५ करोड रुपैयाँ बराबरको बोनस शेयर रहेको छ  ।

२०८० असार मसान्तमा २०९७.१० रहेको नेप्से सूचकाङ्क २०८१ असार मसान्तमा २२४०.४१ कायम भएको छ । असार मसान्तमा धितोपत्र बजार पुँजीकरण ३५ खर्ब ५३ अर्ब ६८ करोड कायम भएको छ । २०८० असार मसान्तमा बजार पुँजीकरण ३० खर्ब ८२ अर्ब ५२ करोड रहेको थियो । 

असार मसान्तमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २७० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत्कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्। २०८० असारमा सूचीकृत कम्पनीहरूको संख्या २५४ रहेको थियो । 

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८.६ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.१ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.४ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.२ प्रतिशत रहेको छ । 

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १० अर्ब ७५ करोड बराबरको साधारण शेयर, ७ अर्ब ६५ करोड बराबरको हकप्रद शेयर, ६ अर्ब २ करोड बराबरको डिबेन्चर र रु.४ अर्ब ७० करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.२९ अर्ब १२ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
 

Advertisment

थप समाचार