Below Menu
Below Menu

सूर्योदय वोमी लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत

सूर्योदय वोमी लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ सूचीकृत भएको छ । आइतबार नेप्सेले कम्पनीको ४६ हजार ७३९ दशमलव ५४५९० कित्ता शेयर सूचीकृत गरेको हो । 

कम्पनीले गत साउन ४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४६ लाख ७२ हजार ९५४ दशमलव ५० रुपैयाँ बराबरको ४६ हजार ७२९ दशमलव ५४५० कित्ता शेयर निष्काशन गरेको थियो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्नेरगाभिनका लागि अतिम स्वीकृती पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुँदा लघुवित्तले एफपीओ जारी हो ।

साविकको सूर्योदय लघुवित्त र वामी लघुवित्त गाभिएपश्चात बनेको सूर्योदय वोमी लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ७०.३६ प्रतिशत र सर्वसाधारणको २९.६४ प्रतिशत रहेको थियो। सोही पूँजी संरचना ऐन अनुसार कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो । 

Advertisment

थप समाचार