काठमाडौं : हिम पर्वत हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने विशेष प्रस्तावसहित भदौ २३ गते साधारण सभा बोलाएको छ ।
उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय त्रिपुरेश्वर काठमाडौंमा सो दिन बिहान ११ बजे हुनेछ । सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
Advertisment