Below Menu
Below Menu

आर्थिक शिथिलताबाट तंग्रिदै लघुवित्त, ४६.३६ प्रतिशतले बढाए नाफा 

आर्थिक शिथिलताबाट तंग्रिदै लघुवित्त, ४६.३६ प्रतिशतले बढाए नाफा 

काठमाडौं : हाल सञ्चालनमा रहेका ५० लघुवित्तले गत आर्थिक वर्षको चौथौ त्रैमासम्मको अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गरेका छन् । यस अवधिमा कम्पनीहरुले साढे सात अर्ब रुपैयाँ नाफा कमाएका छन् । 

यस अवधिमा कम्पनीहरुले ७ अर्ब ५७ करोड ९७ लाख ४२ हजार रुपैयाँ नाफा कमाएका छन् । उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४६.३६ प्रतिशतले बढेको छ । अघिल्ल्लो वर्ष कम्पनीहरुले ५ अर्ब १७ करोड ८९ लाख ३२ हजार रुपैयाँ नाफा कमाएका थिए । 

यस अवधिमा २३ कम्पनीको नाफा बढेको छ भने १४ कम्पनीको नाफा घटेको छ । अन्य केही कम्पनीहरु नोक्सानीमा रहेका छन् । आर्थिक शिथिलताका कारण ग्रसित बनेका संस्थाहरुको वित्तीय अवस्थामा क्रमश सुधार हुँदै गएको देखिएको छ । 

खराब कर्जाले ग्रसित बनेका संस्थाहरु बिस्तारै तंग्रिदै गएका छन् । फलस्वरुप संस्थाहरुले नाफा बढाउन सफल भएका छन् । यस अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा छिमेक लघुवित्त रहेको छ । संस्थाले यस अवधिमा एक अर्ब ९९ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

यस अवधिमा डिप्रोक्स लघुवित्तको नाफा ३३१.१९ प्रतिशतले बढेको छ । त्यस्तै फरवार्ड माइक्रोफाइनान्सको ३०८.७२ प्रतिशतले बढेको छ । त्यस्तै गुराँस लघुवित्तको नाफा १ हजार ४४९.११ प्रतिशतले बढेको छ । 

असार मसान्तसम्म आइपुग्दा इन्फिनिटी लघुवित्तले ६०१.९४ प्रतिशतले बढेको छ । त्यस्तै महिला लघुवित्तको नाफा ५३१.०३ प्रतिशत, मातृभूमि लघुवित्तको ५८७.६२ प्रतिशत, नेरुडे मिर्मिरेको ६७२.०४ प्रतिशतले बढेको छ । 

यस अवधिमा अभियान लघुवित्तको नाफा ९८.१५ प्रतिशतले घटेको छ । त्यसैगरी समता घरेलुको ५७.२१ प्रतिशत उपकार लघुवित्तको २१.४१ प्रतिशत र विजय लघुवित्तको नाफा ७८.५६ प्रतिशतले घटेको छ । 

असार मसान्तस्म्म आइपुग्दा नोक्सानीमा रहेका कम्पनीहरुमा सामुदायिक लघुवित्त, एनएमबी लघुवित्त, धौलागिरी लघुवित्त आदि रहेका छन् ।
 

Advertisment

थप समाचार