काठमाडौं : नेपाल पुनर्बीमा कम्पनीले ७ लाख कित्ता शेयर बिक्रीमा ल्याएको छ । विशाल ग्रुपको स्वामित्वमा रहेको कम्पनीको ७ लाख कित्ता शेयर आजदेखि लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिने भएको हो।
कम्पनीको शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन्। कम्पनीको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले शेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
शेयर खरिदका लागि इच्छुक लगानीकर्ताले असोज ८ गतेसम्म काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलमा आवेदन पेस गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १ लाख कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सक्नेछन् ।
Advertisment