सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख ५३ हजार पुग्यो 

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख ५३ हजार पुग्यो 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । भदौ २ गते आइतबार तीन हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ५२ हजार ६०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको  छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८३५  रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

थप समाचार