काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ३४.४७ अंकले बढेर २९६६.३३ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १०० कम्पनीको शेयरमूल्य बढेको छ । भने १४० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि आज कारोबार रकम भने गिरावट आएको छ । आज बजारमा १८ अर्ब ९० करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६६ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स र दोल्ती पावर कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आज कर्णाली कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment