Below Menu
Below Menu

धनुषामा तीन सय ७७ उद्योग बन्द, नौं हजार बढी कामदार बेरोजगार

धनुषामा तीन सय ७७ उद्योग बन्द, नौं हजार बढी कामदार बेरोजगार

जनकपुरधाम : धनुषामा एक वर्षको अवधिमा तीन सय ७७ वटा उद्योग बन्द भएका छन् । गत आर्थिक वर्ष २०८०/०८१ मा वाणिज्यतर्फ दुई सय ५९ तथा उद्योगतर्फ एक सय १८ उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालय धनुषाका प्रमुख किशोरीशरण यादवले जानकारी दिए ।

उद्योग बन्द हुँदा त्यहाँ कार्यरत ९ हजारभन्दा बढी कामदार बेरोजगार भएका छन् । कार्यालयका अनुसार गत आर्थिक वर्षमा वाणिज्यतर्फ एक हजार १२ उद्योग दर्ता, दुई हजार ५९ उद्योग नवीकरण, पूजीवृद्धितर्फ एक सय ६४, नामसारीतर्फ १९, ठाउँसारीतर्फ २४, शाखा थप १३, प्रतिलिपी दुई सय २५, नामपरिर्वतन ६९ तथा आयात एवम् निर्याततर्फ ५४ व्यवसाय रहेका छन् ।

त्यसैगरी उद्योगतर्फ नयाँ दर्ता आठ सय पाँच, नविकरणतर्फ नौ सय ७८, पूजीवृद्धितर्फ ५९, नामसारी ५६, ठाउँसारी पाँच, प्रतिलिपीतर्फ एक सय ६, फर्मको नाम परिर्वतन ४३ तथा उद्देश्य थप १२ वटा रहेको सो कार्यालयले जनाएको छ ।

सोही आर्थिक वर्षमा कार्यालयले उद्योग दर्ता तथा नवीकरण वापत ५७ लाख २३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको प्रमुख यादवले बताए । गत आर्थिक वर्षमा उद्योग तथा पसल बन्द हुँदा जनकपुरका विभिन्न स्थानका करिब एक सय सटर बन्द भएको तथा उद्योगी व्यवसायी पलायन भएका थिए ।

हाल धनुषामा साना उद्योग पाँच सय ३६, लघु उद्योग पाँच सय ५१ तथा घरेलु उद्योग एक हजार ५८ सञ्चालनमा रहेका छन् । ती उद्योमा महिला र पुरुष गरी करिब सात हजार कामदार प्रत्यक्ष रुपमा लाभान्वित हँदैआएका कार्यालय प्रमुख यादवले बताए ।

Advertisment

थप समाचार