Below Menu
Below Menu

एचआईडीसीएलको डेढ करोड कित्ता शेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन

एचआईडीसीएलको डेढ करोड कित्ता शेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको १ करोड ६८ लाख बढी कित्ता शेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन रहेको छ।

कम्पनीको संस्थापक शेयरधनी समूह ‘क’ उपसमूह क–२ को अन्य संस्थापकअन्तर्गतको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता अवितरित हकप्रद शेयर लिलामी प्रक्रियामार्फत गत साउन २९ गतेबाट बिक्रीमा राखिएको थियो। 

उक्त शेयर खरिदका लागि जो कोही व्यक्ति, संस्था वा कम्पनीले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्। 

कम्पनीको शेयरमूल्य न्यूनतम १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा बढीको लागि अधिकतम सम्पूर्ण शेयर संख्याका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकका शंखमुल, बिर्तामोड, हनुमानदास रोट, जनकपुरधाम, आर्दशनगर, विरगञ्ज, हेटौँडा, नारायणगढ, न्यूरोड (पोखरा), मिलनचोक (बुटवल), बाग्लुङ्ग बजार, त्रिभुवन चोक (नपालगञ्ज), विरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन्।

बोलपत्र आवेदन फाराममा आफूले खरिद गर्न चाहेको शेयर संख्या र प्रतिकित्ता अंकित दर स्पष्ट रुपमा खुलाउनुपर्नेछ । 
 

Advertisment

थप समाचार