काठमाडौं : नेपाल ल्युब आयलले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा कम्पनीले ४ करोड ४४ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ७१९.६० प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ५४ लाख २८ हजार नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी बढेको कारण नाफामा सुधार देखिएको हो ।
अघिल्लो वर्ष ९२ करोड ६६ लाख रहेको कम्पनीको सञ्चालन आम्दानी बढेर एक अर्ब १७ करोड ५५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको वित्तीय खर्च पनि ४ करोड २५ लाखबाट घटेर ३ करोड ४३ लाख रुपैयाँ कायम भएको छ । जसले गर्दा नाफा बढेको हो ।
असार मसान्तस्म्म ६ करोड ७ लाख १८ हजार ९०० रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा २४ करोड ३७ लाख रहेको छ । अन्य इक्विटीमा ९ करोड ४६ लाख छ ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष ११.१९ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी बढेर ७३.२७ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ ६५७.४० रुपैयाँ रहेको छ ।
Advertisment