काठमाडौं : बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रततोला मा एघार सय रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार ९०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला एक हजार ८३० मा कारोबार भइरहेको मनहासंघले जनाएको छ ।