Below Menu
Below Menu

बाह्र म्युचुअल फन्डद्वारा लाभांश घोषणा, कुनको कति ? 

बाह्र म्युचुअल फन्डद्वारा लाभांश घोषणा, कुनको कति ? 

काठमाडौं : हालसम्म १२ म्युचुअल फन्डले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेका छन् । यस अवधिमा सबै एनआईसी एशिया क्यापिटल लिमिटेडले सबैभन्दा बढी ५२.५३ प्रतिशत नगद लाभांश दिने भएको छ ।

त्यसैगरी सिटिजन क्यापिटलले १५.५ प्रतिशत प्रतिफल दिने भएको छ । भने सन राइज क्यापिटल अन्तर्गतका सनराज फोकस्ड इक्विटी फन्डले ४.५ प्रतिशत र सनराइज फस्र्ट म्युचल फन्डले १२.५ प्रतिशत लाभांश दिने भएका छन् । 

त्यसैगरी एनआईसी एशिया सेलेक्ट –३० ले १४ प्रतिशत, एनआईसी एशिया फ्लेक्सी क्याप फन्डले १०.५ प्रतिशत, एनआइसी एशिया डाइनामिक फन्डले १० प्रतिशत र  एनआइसी एशिया ग्रोथ फन्डले ९.५ प्रतिशतले लाभांश दिने भएका छन् ।

गत असारसम्मको मुनफाबाट एनआइसी ब्यालेन्स् फन्डले इकाइधनीहरुलाई ९.२५ प्रतिशत प्रतिफल दिने भएको छ । त्यस्तै लक्ष्मी क्यापिटलका लक्ष्मी भ्यालु फन्ड–२ ले ४.५ प्रतिशत र लक्ष्मी उन्नति कोष ७.५ प्रतिशत लाभांश दिने भएका छन् । 

गत आर्थिक बर्षको नाफाबाट सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले ७ प्रतिशत नगद प्रतिफल दिने घोषणा गरेको छ । 

 

Advertisment

थप समाचार