Below Menu
Below Menu

३३ सहकारीसहित चार हजार ६७८ ऋणी कालोसूचीमा 

३३ सहकारीसहित चार हजार ६७८ ऋणी कालोसूचीमा 

काठमाडौं : चालु आर्थिक वर्षको साउन महिनामा चार हजार बढी ऋणी कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार यस अवधिमा ४ हजार ६७८ व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका हुन् । 

बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण समयमा तिर्न नसकेपछि केन्द्रले कालोसूचीमा राखेको हो । यस अवधिमा कालोसूचीमा पर्नेमा निर्माण कम्पनी उद्योगी, व्यापारी लगायत सहकारीदेखि विभिन्न कृषि फर्म र होटलसम्म रहेका छन् । 

केन्द्रका अनुसार इभान इस्टिन निर्माण सेवा, माउन्ट एभरेष्ट विनरी, रुकमणी एण्ड नन्दनी किराना पसल, खेरापुर एकीकृत कृषि तथा पशुपति फार्म, विदुषी कृषि उद्यम एण्ड प्रकाशन प्रालि, सिभिल होटल एण्ड रेष्टुरेन्ट, श्री मौनी बाबा मेटल उद्योग, मिड पोइन्ट इन रिसोर्ट रहेका छन् ।

त्यसैगरी लोकसेवा रेष्टुरेन्ट एण्ड बार, नेपाल पूर्वाधार कन्ट्रक्सन, ड्रिमल्याण्ड  इन्फ्रास्ट्रक्चर प्रालि, जनकल्याण ब्रेडिङ एण्ड एग्रिकल्चर रिसर्च सेन्टर, डोलेश्वर डेकोरेशन हाउस, सिटि भिलेज लज एण्ड रेष्टुरेन्ट, पश्चिम पोखरा एकीकृत पशुपन्छी तथा कृषि फार्म पनि कालोसूचीमा परेको छ । 

केन्द्रले गोर्खा युनिर्भसल कन्सल्टेन्सी सर्भिस, भैरव अस्पताल एण्ड रिसर्च सेन्टर, जनचासो मिडिया म्यानेजमेन्ट, गोगो अनलइन सर्भिस प्रालि, पालिका खबर मिडिया हाउस प्रालि, न्यु धराने बंगुर एण्ड सेकुवा कर्नर र क्वालिटी इन्फ्रास्ट्रक्र डेभलपर लाई पनि कालोसूचीमा राखेको छ । 

कालोसूचीमा परेका सहकारी ३३ सहकारी 

डोङमे कृषि सहकारी 
इमेज बचत तथा तथा ऋण सहकारी 
हरिमाया सेभिङ एण्ड क्रेडिट को अपरेटिभ
मितेरी बचत तथा ऋण सहकारी 
मेहनती किसान कृषि सहकारी 
बिहानी बचता तथा ऋण सहकारी 
जेष्ठ बचत तथा ऋण सहकारी 
सुमार्ग बचत तथा ऋण सहकारी 
अम्बे कोशी सेभिङ एण्ड क्रेडिट को अपरेटिभ
कल्याण उपकार सेभिङ एण्ड क्रेडिट को अपरेटिभ 
सुनौलो भविष्य बचत तथा ऋण सहकारी 
जीवनदृष्टि बहुउद्देश्यीय सहकारी
मेगा बचत तथा ऋण सहकारी 
प्रगतिशील दुग्ध उत्पादक सहकारी 
मित्रश्री बहुउद्देश्यीय सहकारी 
सुमेरु सेभिङ एण्ड क्रेडिट को अपरेटिभ
सत्कार बचत तथा ऋण सहकारी 
महेश उपभोक्ता सहकारी 
बात्सल्य सेभिङ एण्ड क्रेडिट को अपरेटिभ
अभितरा बचत तथा ऋण सहकारी 
गुर्जुधारा बचत तथा ऋण सहकारी
धेवा साझेदारी बचत तथा ऋण सहकारी
हरित कृषि सहकारी संस्था 
अपरदाङगढी एग्रिकल्चर एण्ड लाइभस्टक फार्मिङ को अपरेटिभ सोसाइटी लिमिटेड 
बज्रस्तभ सेभिङ एण्ड क्रेडिट को अपरेटिभ 
वान्टेड बचत तथा ऋण सहकारी
फूल बचत तथा ऋण सहकारी 
साकुरा बचत तथा ऋण सहकारी,
शुभ धरान बहुउद्देश्यीय सहकारी संस्था
सिद्धदेवी बचत तथा ऋण सहकारी,
लालीगुराँस बचत तथा ऋण सहकारी
शुभ धरान मल्टी प्रपोज कोअपरेटिभ,  
आइडल यमुना मल्टीप्रपोज कोअपरेटिभ

 
 

Advertisment

थप समाचार