काठमाडौं : साताको अन्तिम कारोबार दिन बुधबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६.०१ अंकले बढेर २९७४.४६ बिन्दुमा पुगेको हो । बुधबार नेप्से २.११ अंकले बढेर २९६८.४४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १३२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १०९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै आज कारोबार रकम पनि वृद्धि देखिएको छ । आज बजारमा १९ अर्ब १६ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा १८ अर्ब ९० करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज शाइन रेसुङगा डेभलपमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज एक अर्ब ३ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा नारायणी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तरी डेभलपमेन्ट बैंक र थ्री स्टार हाइड्रोपावर कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आज एसबीएल डिबेञ्चरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment