सामाजिक सुरक्षा कोषद्वारा साढे दश अर्ब दाबी भुक्तानी ! 

सामाजिक सुरक्षा कोषद्वारा साढे दश अर्ब दाबी भुक्तानी ! 

काठमाडौं : सामाजिक सुरक्षा कोषबाट हालसम्म साढे दश अर्ब रुपैयाँ बराबरको दावी भुक्तानी भएको छ । यस अवधिमा कोषबाट १० अर्ब ४४ करोड रुपैयाँ दावी भुक्तानी भएको हो । 

यस अवधिमा कोषमा दावी गर्नेको संख्या एक लाख ६३ हजार ७०४ रहेको छ । हालसम्म कोषमा ६२ अर्ब ८५ करोड रुपैयाँ जम्मा भएको छ । 

कोषका अनुसार औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा १७ करोड २६ लाख ५६ हजार रुपैयाँ, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजनामा ३ अर्ब ६८ करोड ९६ लाख ४९ हजार रुपैयाँ, र बृद्ध अवस्थामा सुरक्षा योजनामा ५ अर्ब ४८ करोड ६९ लाख ४३ हजार रुपैयाँ जम्मा भएको छ ।

हाल सम्म योगदानकर्ताको जम्मा संख्या १५ लाख ६७ हजार ६ सय ५७ रहेको छ । जसमा कोशी प्रदेशमा ५३ हजार चार सय १९ जना, मधेश प्रदेशम २६ हजार,     बागमती प्रदेशमा ३ लाख ९७ हजार ८ सय ८० जना र गण्डकी प्रदेशमा २१ हजार चार सय जना रहेका छन् ।

त्यस्तै लुुम्बिनी प्रदेशमा १८ हजार एक सय ३० जना, कर्णाली प्रदेशमा १८ हजार २८ जना, र सुदुर पश्चिम प्रदेशमा २१ हजार ३० जना योगदानकर्ताहरु रहेका छन् । त्यस्तै योगदानकर्तामा वैदेशिक दाताहरु एक लाख ४६ हजार ३ सय ४७ जना , अनौपचारिकमा तिन सय जना, र स्वरोजगारमा एक सय ६२ जना रहेका छन् ।

हालसम्म रोजगारदाताहरु जम्मा १९ हजार चार सय २१ जना रहेका छन् । जसमा कोशी प्रदेशमा २० हजार ४० जना, मधेस प्रदेशमा ९ सय ७९ जना, बागमती प्रदेशमा १३ हजार तिन सय २६ जना, र गण्डकी प्रदेशमा ९ सय २९ जना, रहेका छन् । त्यस्तै लुम्बिनी प्रदेशमा १६ सय जना, कर्णाली  प्रदेशमा २ सय ६३ जना र सुदुर पश्चिममा दुई सय जना रहेका छन् ।


 

थप समाचार