Below Menu
Below Menu

विकूको ३४औं वार्षिकोत्सव: सदस्यका लागि थप तीन नयाँ सेवा शुभारम्भ

विकूको ३४औं वार्षिकोत्सव: सदस्यका लागि थप तीन नयाँ सेवा शुभारम्भ

गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३४औं स्थापना दिवसको अवसर पारेर थप तीन नयाँ सेवा शुभारम्भ गरेको छ। संस्थाले नेपालमा पहिलो पटक खानेपानी र बिजुलीको बिल भुक्तानी मिस्डकलबाट गर्न सकिने सेवा सुरु गरेको छ ।  

त्यस्तै चेक भुक्तानी क्यूरमार्फत गर्न सकिने सेवा पनि सुरु गरेको छ । सेवा शुभारम्भ अनावरण गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदन भक्त अधिकारीले गरेका थिए ।

संस्थाले सदस्यहरुलाई प्रविधिमैत्री सेवा प्रदान गर्ने समय, जरिवाना जस्ता झन्झटबाट मुक्त गराउने र प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यले यी सेवाहरुको व्यवस्था गरिएको हो । ३४औँ वार्षिकोत्सवका अवसरमा बिहीबार अमरापुरीमा कर्मचारी स्तरीय खेलखुद प्रतियोगिता, वार्षिकोत्सव विशेष समारोह तथा सम्मान कार्यक्रम र २४ वटै सेवा केन्द्रमा दीप प्रज्वलन गरेर मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदन भक्त अधिकारीले विकू उत्कृष्ट सहकारीका रुपमा रहेको व्याख्या गरेका थिए । सक्षम नेतृत्व, स्पष्ट लक्ष्य र सुशासनका कारण संस्थाले उपलब्धी हासिल गर्न सकेको उनको भनाइ थियो ।

विकूले गरेको कार्य प्रशंसनिय योग्य रहेको रहेको बताउँदै विकू सहकारीले वित्तीय, प्रविधि र स्वास्थ्य साक्षरतालाई जोड दिदैँ आएकोमा खुसी व्यक्त गरेका थिए । संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटाले संस्थ लाई यो अवस्थासम्म ल्याउन सहयोग गर्नुहुने सबैमा आभार व्यक्त गरेका थिए । कार्यक्रममा विकूका संस्थापक अध्यक्ष खेमराज सापकोटा, निवर्तमान अध्यक्ष ओमप्रसाद सापकोटा, पूर्व अध्यक्ष केशवप्रसाद सापकोटा, लेखा सुपरिवेक्षण समितिका संयोजक कमल सुवेदी, विजय सामुदायिक सुचना सञ्चार सहकारी संस्थाका लि.का अध्यक्ष त्रिलोचन सापकोटा, दियालो सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक पूर्ण बहादुर श्रेष्ठ, रजहर सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक केशर बहादुर क्षेत्री, गरिमा सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक सानु भुसालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा जनप्रतिनिधि, विजय परिवारका सदस्य संस्थाका प्रतिनिधि, विकूका संस्थापकहरु, पूर्व सञ्चालक समिति, उप समितिका पदाधिकारीहरु, सेयर सदस्यहरु लगायतको उपस्थिति थियो ।

संस्थाका उपाध्यक्ष कालिदाश गौडेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले सहजीकरण गरेका थिए।

३४औँ वार्षिकोत्सवका अवसरमा विभिन्न विधामा उत्कृष्ट कर्मचारी संगिता मल्ल, बिमला पौडेल, प्रतिमा गौतम, अनिता गौतम, मधु थापा, विकास पोख्रेल, सविता न्यूरे, आरती लामा, सर्मिला दवाडी, रमेश अधिकारी, उत्कृष्ट ईन्चार्ज खगेन्दर ठाडा मगर, उत्कृष्ट विभागिय प्रमुख सुमन न्यौपाने, उत्कृष्ट सेवा केन्द्र कावासोती सेवा केन्द्र, उत्कृष्ट व्यवस्थापन उप समिति शरदगौरी सेवा केन्द्र र उत्कृष्ट सिक्स एस मूल्याङ्कनमा अमरापुरी सेवा केन्द्रलाई सम्मान एवं पुरस्कृत गरिएको थियो ।

वार्षिकोत्सव अन्तर्गत संस्थाले यसअघि वक्तृत्वकला प्रतियोगिता, रक्तदान कार्यक्रम, ट्राफिक सचेतना कार्यक्रम, सरसफाइ तथा वृक्षारोपण कार्यक्रम गरेको थियो । २०४८ सालमा स्थापित संस्थामा हाल २४ वटा सेवा केन्द्रमार्फत चितवन र नवलपरासीका करिब १ लाख ३० हजार सदस्यलाई वित्तीय एवं गैर वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
 

Advertisment

थप समाचार