काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार ४०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ८१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।