काठमाडौं : पछिल्लो समय सम्पत्ति बीमा गर्नेहरुको संख्या बढेको देखिएको छ । निर्जीवन बीमा कम्पनीहरुको अधिकांश हिस्सा सम्पत्ति बीमाले धानेको छ ।
कम्पनीकाहरुको व्यवसायको प्रमुख आधार मानिएको सम्पत्ति बीमा गर्नेहरु बढेसँगै बीमाशुल्क संकलनमा पनि वृद्धि भएको छ । एक वर्षको अवधिमा सम्पत्ति बीमा व्यवसाय १४.६७ प्रतिशतले बढेको छ ।
नेपाल बीमा पा्रधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरुले यस अवधिमा सम्पत्ति बीमा व्यवसायबाट १० अर्ब ३२ करोड ९२ लाख रुपैयाँ बराबरको बीमा शुल्क उठाएका छन् ।
गत असार मसान्तसम्म कम्पनीहरुले ४ लाख ९७ हजार ४४२ बीमालेख बिकी्र गरी उक्त रकम बराबरको व्यवसाय गरेका हुन् ।सो रकम अघिल्लो आर्थिक बर्ष २०७९/८० को तुलनामा १ अर्ब ३२ करोड १८ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा कम्पनीहरुले ४ लाख ८२ हजार ३०२ बीमा लेख जारी गरी ९ अर्ब ७४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।
कुन प्रदेशमा कति ?
प्राधिकरणका अनुसार सम्पत्ति बीमाको अधिकांश हिस्सा बागमती प्रदेशमा रहेको छ । बीमा कम्पनीहरुले बागमती प्रदेशमा सबैभन्दा बढी व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरुले एक लाख ८४ हजार ७९९ बीमा लेख बिक्री गरी ५ अर्ब ९२ करोड ३० लाख बीमा शुल्क उठाएका छन् ।
त्यस्तै गण्डकी प्रदेशमा ५४ हजार १९६ बीमा लेख बेचेर ४८ करोड ९६ लाख बीमा शुल्क उठाएका छन् भने कोशी प्रदेशमा कम्पनीहरुले ७८ हजार ११० बीमा लेख बेचेर १ अर्ब ३८ करोड २५ लाख शुल्क उठाएका छन् ।
प्राधिकरणको तथ्यांक अनुसार मधेस प्रदेशमा बीमा कम्पनीहरुले ४७ हजार ३३८ बीमा लेख बेचेर ९७ करोड ५५ लाख संकलन गरेका छन् भने लुम्बिनी प्रदेशमा ८३ हजार ७०९ बीमा लेख बिक्री गरी एक अर्ब १५ करोड रुपैयाँ बीमा शुल्क उठाएका छन् ।
यस अवधिमा कम्पनीहरुले कर्णाली प्रदेशमा १७ हजार ४११ बीमा लेख बिक्री गरी ११ करोड १६ लाख बीमा शुल्क संकलन गरेका छन् । । त्यस्तै सुदुरपश्चिममा ३१ हजार ३७९ बीमा लेख बिक्री गरी बीमा कम्पनीहरुले २९ करोड ६७ लाख बीमा शुल्क आर्जन गरेका छन् ।
Advertisment