Below Menu
Below Menu

नेशनल लाईफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश पारित 

नेशनल लाईफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश पारित 

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्सको घट औं वार्षिक साधारण सम्पन्न भएको छ । उक्त सभा शुक्रबार कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको हो । 

सभामा अध्यक्षले समिक्षा वर्ष २०७९/०८० मा राष्ट्रिय तथा अन्तराष्ट्रिय आर्थिक परिदृष्यहरु धेरै उत्साहप्रद नरहेको र अहिले विश्व अर्थतन्त्र सुधार उन्मुख भए तापनि सो चुनौतपूर्ण रहेको बताइन् । 

बढ्दो ब्याजदरको कारणले लगानीमा प्रतिकूल प्रभाव पारी पूँजीगत खर्च एवं समग्र मागमा आएको कमिले स्वदेशी अर्थ व्यवस्थामा प्रतिकूल प्रभाव परेको स्थितिमा आव २०७९÷०८० मा जीवन बीमा व्यवसाय आशातित रुपमा विस्तार हुन नसकेको भएतापनि गत आवमा भने जीवन बीमा व्यवसायले सुधारको बाटो तय गरेको उनले उल्लेख गरिन् ।

सभाले आव २०७९/०८० को लागि अद्यावधिक चुक्ता पूँजी ५ अर्र्ब एक करोड १६ लाखको १० प्रतिशतका दरले नगद लाभांश ५० करोड ११ लाख ६६ हजार ६४२ दशमलव ५० रुपैयाँ  र ४ प्रतिशतका दरले बोनस शेयर लाभांश २० करोड ४ लाख ६६ हजार ६५७ रुपैयाँ वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

यसका साथै उक्त सभाले नगद एवं बोनस लाभांशमा कर प्रयोजनको लागि ३ करोड ६९ लाख २८ हजार ६८ दशमलव ३९ रुपैयाँ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पुर्याउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हालको कायम रहेको चुक्ता पूँजी ४ प्रतिशतको वोनस शेयर थप भई कूल चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख रुपैयाँ पुगेको छ ।

सभामा अध्यक्षले आउने दिनहरुमा कम्पनी एक मूख्य बीमकको रुपमा आम सर्व साधारणको जीवन बीमाको आवश्यकता परिपूर्ती गर्नमा अग्रणी भूमिका निर्वाह गरिरहने विश्वास ब्यक्त गरिन् । 
 

Advertisment

थप समाचार