Below Menu
Below Menu

अपी पावर कम्पनीको लाभांश घोषणा, बोनस र नगद कति ? 

अपी पावर कम्पनीको लाभांश घोषणा, बोनस र नगद कति ? 

काठमाडौं : अपी पावर कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट शेयरधनीहरुलाई ९.४७३७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पुँजीबाट शेयरधनीहरुलाई ९ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

उक्त प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति र आगामी बस्ने कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण हुनेछ ।

Advertisment

थप समाचार