Below Menu
Below Menu

प्रभु महालक्ष्मी लाइफद्वारा लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने 

प्रभु महालक्ष्मी लाइफद्वारा लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने 

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो । 

उक्त बैठकले हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशत बराबर बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश समेत गरी कुल १०.५२६ प्रतिशत लाभाशं वितरण गर्ने निर्णय गरेको छ ।  

यसका सथै कम्पनीको सो बैठकले शेयधनीहरुलाई ७ प्रतिशत हकप्रद जारी गर्ने निर्णय समेत गरेको छ । बैठकले आव २०७९र८० को वितरण योग्य मुनाफाबाट १० प्रतिशत बोनश सेयर प्रदान गर्न सकिने भएकोले बोनस शेयर वितरण पश्चात कायम हुने चुक्तापूँजी ४ अर्ब ७२ करोड ५६ लाखको ७ प्रतिशत बराबरको मात्र हकप्रद शेयर जारी गरी न्यूनतम चुक्तापूँजी कायम गर्न सकिने भएकोले पूर्व घोषित १७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय पुनरावलोकन गर्ने निर्णय गरेको छ ।  

नेपाल बीमा प्राधिकरणले जीवन बीमा व्यवसाय गर्ने बीमकलाई तोकेको न्यूनतम चुक्तापूँजी ५ अर्ब रुपैयाँ पुर्याउन कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँको १७ प्रतिशतले हुन आउने रकम बराबरको प्रति कित्ता १०० अकिंत मुल्यको हकप्रद शेयर जारी गर्न कम्पनीको २०८० पौष २९ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट अनुमोदन गराई नेपाल धितोपत्र बोर्ड समक्ष आवश्यक कागजात सहित १७ प्रतिशत हकप्रद सेयर निष्काशनको लागि निवेदन पेश गरिएकोमा नेपाल धितोपत्र बोर्ड बाट हालसम्म स्वीकृती प्राप्त नभएकाले हकप्रद पुनरावलोकन गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ । 

प्रस्तावित हकप्रद र लाभांशको नेपाल बीमा प्राधिकरण समक्ष स्वीकृतीको लागि लेखि पठाउने र प्राधिकरणबाट स्वीकृती प्राप्त भए पश्चात आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गराउने कम्पनीले जनाएको छ । 

Advertisment

थप समाचार