Below Menu
Below Menu

इभी गाडी आयात २४६ प्रतिशतले बढ्यो, साउनमा भित्रिए ३८१ वटा  

इभी गाडी आयात २४६ प्रतिशतले बढ्यो, साउनमा भित्रिए ३८१ वटा  

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो साउन महिनामा तीन सय बढी विद्युतीय सवारी साधन आयात भएका छन् ।  भन्सार विभाग तथ्यांकअनुसार  नेपालले एक महिनामा ३८१ वटा इभी गाडी (कार, जीप र भ्यान) आयात गरेको छ ।

यो संख्या गत वर्षको तुलनामा २४६.३६ प्रतिशतले बढी हो । जबकी गत वर्षको सोही अवधिमा नेपालले ११० वटा इभि गाडी आयात गरेको थियो ।

विभागका अनुसार यस अवधिमा नेपालले ८९ करोड ७० लाख २१ हजार रुपैयाँ बराबरको विद्युतीय गाडी आयात गरेको हो । आयातित गाडीबाट ५२ करोड १८ लाख रुपैयाँ राजस्व संकलन भएको छ । 

नेपालमा विश्वप्रसिद्ध ब्रान्डका ५० किलोवाटदेखि ३०० किलोवाट तौल क्षमताका विद्युतीय गाडी आयात हुने गरेका छन् । यस अवधिमा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट क्षमताका गाडी आयात भएका छन् । यस सेग्मेन्टमा ५८ करोड ६८ लाख मूल्यका २१६ गाडी भित्रिएका छन् ।

सबैभन्दा धेरै विद्युतीय गाडी छिमेकी मुलुक चिनबाट आउने गरेको छ भने भारत, कोरिया, जर्मन, इन्डोनेसिया, अमेरिका लगायतका मुलुकहरूबाट पनि नेपालमा विद्युतीय सवारी आयात हुने गरेको छ ।

यस अवधिमा नेपालले ५० किलोवाटसम्मका २८ करोड ९८ लाख मूल्य बराबरका १६१ गाडी आयात गरेको छ भने १०१ देखि २०० किलोवाट र ३०० किलोवाटमाथिका बिजुली गाडी एक–एक ओटा आयात भएका छन् भने २०१ देखि ३०० किलोवाटसम्मका दुई ओटा गाडी भित्रिएका छन् ।

Advertisment

थप समाचार