Below Menu
Below Menu

शेयर बजारमा उच्च अंकको गिरावट, १९ अर्ब ७४ करोडको कारोबार 

शेयर बजारमा उच्च अंकको गिरावट, १९ अर्ब ७४ करोडको कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७९.८८ अंकले घटेर २८९४.५७ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ६.०१ अंकले बढेर २९७४.४६ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ६० कम्पनीको शेयरमूल्य बढेको छ । भने १८४ कम्पनीको शेयरमूल्य घटेको छ । 

शेयर बजार घटेपनि आज कारोबार रकम भने सुधार देखिएको छ । आज बजारमा १९ अर्ब ७४ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा १९ अर्ब १६ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज अपी पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ८४ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा वीन नेपाल लघुवित्त, उपकार लघुवित्त र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आज मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्यमा ९ प्रतिशत भन्दा बढीले घटेको छ । 
 

Advertisment

थप समाचार