काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ । त्यस्तै आज चाँदीको मूल्य ताेलामा १० रुपैयाँले घटेकाे छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रति तोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भइहेको महासंघले जनाएकाे छ ।