काठमाडौं : गाउँघर उज्यालो हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । भदौ ८ गते बसेको कम्पनीको सञ्चालन समितिको बैठकले आईपीओ जारी गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको हो ।
उक्त सभा असोज असोज ३ गते केएफसी बालकुमारी ललितपुरमा बिहान ११ बजे हुनेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गर्ने, असार मसान्तसम्मको नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित अनुसूचीहरुमा छलफल गरी अनुमोदन गर्नेछ ।
यसका साथै सभाले आव २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभामा कम्पनीको पुँजी वृद्धि गर्ने, स्वीकृति प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, शेयरको सार्वजनिक निष्कासन गर्ने र शेयर निष्कासनबाट ह्ने प्राप्त पुँजीको उपयोग गर्ने विशेष प्रस्ताव पारित गर्ने एजेन्टा रहेका छन् ।
Advertisment