काठमाडौं : नाडा अटो शो २०२४ आजदेखि सुरु भएको छ । १६ औं संस्करणको नाडा शोको काठमाडौंको भृकुटीमण्डपको प्रदर्शनी मैदानमा मंगलबारदेखि शुरु भएको हो । अटो शोको औपचारिक उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरको छन् ।
६ दिनसम्म चल्ने अटो शोमा नेपाली बजारमा उपलब्धमध्ये अधिकांश सवारी ब्रान्ड सहभागी छन्। नेपाली बजारमा नाडा अटो शो २०२४ सुरु हुँदै गर्दा इभीको नयाँ गाडीहरुको पनि नेपाली बजारमा भित्रिदै छ। टाटा ईभी मुख्य प्रयोजक र शिखर इन्स्योरेन्स सह प्रायोजकको रुपमा रहेका छन् ।
नेपाली बजारमा विद्युतीय कारको माग तथा बिक्री बढ्दै गएकाले यो वर्षको अटो शोमा प्यासेन्जर कार र लाइट कमर्सियल सेगमेन्टमा विद्युतीय ब्रान्डको बोलवाला नै रहेको छ।
अटो शोको यो १६औँ संस्करणमा २३ ब्रान्डका प्यासेन्जर कार, १९ ब्रान्डका मोटरसाइकल तथा स्कुटर, १४ वटा ब्रान्डका लाइट कमर्सियल सवारी तथा २६ वटा कम्पोनेन्ट ब्रान्डहरू सहभागी हुँदै छन्। त्यस्तै बीमा कम्पनी शिखर इन्स्योरेन्स र सात वटा बैंकका स्टल रहने छन्।
शोमार्फत करीब एक दर्जन नयाँ ब्रान्डले विद्युतीय गाडी विक्री शुरु गर्दैछन् । जीकर र जेको, ब्रान्डले पनि अटो शोमार्फत विक्री शुरू गर्दैछ भने एमएडब्लू वृद्धिले डोङफेङ यसअघिनै सार्वजनिक भएको नामी ब्रान्डको औपचारिक विक्री शुरू गर्दैछ ।
त्यस्तै ओमोडा, जीएसी आयोनसहित दिपलको एक गोप्य राखिएको मोडल पनि पहिलोपटक अटो शोमा देखिने छन् । टाटा, ओमोडा, दिपल, किया, हुन्डाई, निटालगायत ब्रान्डले आफ्ना नयाँ मोडल सार्वजनिक गर्दै छन्। बहुप्रतिक्षित मोडल मानिएको टाटाको पन्च ईभी, दिपलको एल ०७, निटाको निटा९एक्स, बीवाईडीको एटो थ्रीको फेसलिफ्ट भर्सन, एमजीको स्पोर्टस कार साइबरस्टार, कियाको एसयूभी किया ईभी नाइन, प्रदर्शनीमा देखिनेछ।
लक्जरीदेखि साधारण उच्च मूल्यदेखि मिड रेञ्जका गाडीको बाहुल्यता रहने शोमा उच्च रेन्ज, फिचर्स, ड्राइभिङको उत्कृट अनुभव लिन सकिने छ । प्रदर्शनीमा विभिन्न कम्पनीका दुईपांग्रे, तीन पांग्रे पेट्रोलियम तथा विद्युतीय सवारी साधनसमेत आकर्षणको केन्द्र बन्नेछन् ।
Advertisment