सुनको मूल्य स्थिर, चाँदी बढ्यो 

सुनको मूल्य स्थिर, चाँदी बढ्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

थप समाचार