Below Menu
Below Menu

नेप्से परिसूचकमा १११ अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो 

नेप्से परिसूचकमा १११ अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १११.९६ अंकले घटेर २७८२.६० बिन्दुमा पुगेको हो । आइतबार नेप्से ७९.८८ अंकले घटेर २८९४.५७ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २० कम्पनीको शेयरमूल्य बढेको छ । भने २२३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै आज कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा १८ अर्ब ६४ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा १९ अर्ब ७४ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६५ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा तारागाउँ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त र दोलती पावर कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आज नेपाल फाइनान्स कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार