Below Menu
Below Menu

सबै सहकारीलाई श्वेत पत्र जारी गर्न विभागको निर्देशन

सबै सहकारीलाई श्वेत पत्र जारी गर्न विभागको निर्देशन

काठमाडौं : संघीय सहकारी विभागले श्वेत पत्र जारी गर्न सहकारी संघ/संस्थाहरुलाई निर्देशन जारी गरेको छ ।

सदस्यहरुको विश्वास र पारदर्शिताको माध्यमबाट मात्र सहकारी संस्थाको प्रभावकारीता र दिगोपना कायम रहने भन्दै सबै सहकारी संघ/संस्थाहरुले अनिवार्य रुपमा श्वेत पत्र जारी गर्न निर्देशन जारी गरेको हो । सहकारी क्षेत्रमा देखा परेको समस्या समाधानार्थ गठित सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० ले पनि श्वेत पत्र जारी गर्नुपर्ने सुझाव सरकारलाई दिएको थियो । 

विभागद्वारा जारी निर्देशनमा भनिएको छ, ‘ढाँचा बमोजिम श्वेतपत्र तयार गरी आफ्ना सबै सदस्यहरु समक्ष सहज रूपमा पहुँच पुग्ने गरी उपयुक्त माध्यमबाट सार्वजनिक गर्नुहुन र नियामक निकायले माग गरेको बखत उपलब्ध गराउने व्यवस्था गर्नु गराउनुहुन सहकारी नियमावली, २०७५ को नियम ७६ (१) (झ) बमोजिम निर्देशन जारी गरिएको छ।’

Advertisment