सुनको मूल्य ऐतिहासिक बिन्दुमा, प्रतितोला एक लाख ५३ हजार नाघ्यो 

सुनको मूल्य ऐतिहासिक बिन्दुमा, प्रतितोला एक लाख ५३ हजार नाघ्यो 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । भदौ ५ गते बुधबार आठ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५३ हजार रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको  छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८५५  रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

थप समाचार