काठमाडौं : साताको चौथौ कारोबार दिन बुधबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३.८० अंकले बढेर २७८६.४० बिन्दुमा पुगेको हो । मंगलबार नेप्से १११.९६ अंकले घटेर २७८२.६० बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ९७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि आज कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा १३ अर्ब ७२ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा १८ अर्ब ६४ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज चन्द्रागिरी हिल्सको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४३ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा लिबर्टी इनर्जी, हिमालयन हाइड्रोपावर र मिड सोलु हाइड्रोपावर कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आज कर्णाली डेभलपेन्ट बैंकको शेयरमूल्य ६ प्रतिशत भन्दा बढी घटेको छ ।
Advertisment