काठमाडौं : नेपाली बजारमा बिहिबार सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । भदौ १२ गते बुधबार आठ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५३ हजार १०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।