काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्सले करिब २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको १ लाख ९६ हजार ९७३ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयरमा कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। लगानीकर्ताले शेयर खरिदका लागि ३५ दिनभित्र कम्पनीको कानुन विभागमा निवेदन दिनुपर्नेछ।
तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
Advertisment