Below Menu
Below Menu

दोहोरो अंकले घट्यो शेयर बजार, निरन्तर खुम्चिदै कारोबार 

दोहोरो अंकले घट्यो शेयर बजार, निरन्तर खुम्चिदै कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३६.८३ अंकले घटेर २७४९.५७ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ३.८० अंकले बढेर २७८६.४० बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ५३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज दुई कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा १२ अर्ब २४ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा १३ अर्ब ७२ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज गुडविल फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३७ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनी रहेको छ । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आज थ्री स्टार हाइड्रोपावरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार