काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टीतेलमा १/१ रुपैयाँले मूल्य घटाएको हो । घटेको मूल्य आज राती १२ बजेपछि लागू हुने निगमले जनाएको छ ।
खाना पकाउने ग्यास प्रति सिलिण्डर ३५रुपैयाँ ११ पैसाले बढेर आएको भएपनि निगमले साविककै मूल्यमा विक्रि वितरण गर्ने जनाएको छ ।