काठमाडौं : सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ फण्डहरुले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन्।
भदौ १४ गते बसेको सानिमा क्यापिटलको सञ्चालक समितिको बैठकले इकाईधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो।
सानिमा इक्विटी फण्डले गत आवको मुनाफाबा करसहित १५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । त्यस्तै सानिमा लार्ज क्याप फण्डले १० प्रतिशत र सानिमा ग्रोथ फण्डले १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
सानिमा क्यापिटलको योजना व्यवस्थापनमा रहेका सबै फण्डहरुको कोष प्रबद्र्धक सानिमा बैंक रहेको छ।
Advertisment