Below Menu
Below Menu

आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रदमा आजसम्म आवेदन दिन सकिने

आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रदमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं : आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन २७ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको १५० प्रतिशत हकप्रद शेयरमा लगानीकर्ताले आजसम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले साउन १ गते बुकक्लोज गरेको थियो। जसअनुसार असार ३१ गतेसम्म कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, सि आस्वा प्रणालीमार्फत र मेरो शेयर अनलाइन प्रयोग गरेर पनि आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ।

Advertisment

थप समाचार