काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट स्वीकृत गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनतम प्रतिहजार १९ रुपैयाँदेखि अधिकतम प्रतिहजार ७५ रुपैयाँसम्म बोनसदर पाउनेछन् ।
नयाँ बोनसदर अनुसार सावधिक जीवन बीमालेख योजना अन्तर्गत रेगुलरमा न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि अधिकतम प्रतिहजार ७० रुपैयाँसम्म र एकल योजनामा न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि अधिकतम प्रतिहजार ६५ रुपैयाँसम्म बोनस दिने भएको छ ।
त्यस्तै त्रिपल र दम्पत्ति सावधिक बीमा योजनामा न्युनतम प्रतिहजार २० रुपैयाँदेखि अधिकतम प्रतिहजार ३० रुपैयाँसम्म बोनस दिने भएको छ ।
नयाँ बोनसदर अनुसार कम्पनीको सावधिक तथा आजिवन योजनामा न्युनतम प्रतिहजार ६३ रुपैयाँदेखि अधिकतम ६४ रुपैयाँसम्म रूपैयाँ अग्रिम भुक्तानी योजनामा न्युनतम प्रतिहजार ३२ रुपैयाँदेखि अधिकतम प्रतिहजार ४२ रुपैयाँसम्म बोनस बोनसदर रहेको छ ।
त्यस्तै कम्पनीले वार्षिक अग्रिम भुक्तानी योजनामा न्युनतम प्रतिहजार १९ रुपैयाँदेखि अधिकतम प्रतिहजार २१ रुपैयाँसम्म, मुद्दती सरक्षण बीमा योजना नियमित शुल्कमा प्रतिहजार २४ रुपैयाँ र एकल शुल्कमा प्रतिहजार ५४ रुपैयाँ बोनस दिने भएको छ ।
कम्पनीको नयाँ बोनसदर अनुसार १५ वर्षे अग्रिम भुक्तानी योजनामा प्रतिहजार ४१ रुपैयाँ, २० वर्षे अग्रिम भुक्तानी योजनामा ४५ रुपैयाँ, रुपान्तरीत वार्षिक अग्रिम भुक्तानी योजनामा ३० रुपैयाँ र सामुहिक सावधिक योजनामा प्रतिहजार १९ रुपैयाँ दिने भएको छ ।
त्यस्तै सावधिक तथा आजिवन बीमा योजनामा न्युनतम प्रतिहजार ३० रुपैयाँदेखि अधिकतम प्रतिहजार ६० रुपैयाँसम्म, सावधिक योजनामा न्युनतम प्रतिहजार ३० रुपैयाँदेखि अधिकतम प्रतिहजार ७५ रुपैयाँसम्म र सिभित भुक्तानी योजनामा न्युनतम प्रतिहजार ४० रुपैयाँदेखि अधिकतम प्रतिहजार ६५ रुपैयाँसम्म बोनसदर कायम रहेको छ ।
साथै, उक्त बोनसदर अर्को बीमाङकीय मूल्यांकन अनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दावीहरुमा समेत सोही बोनसदर लागु हुनेछ ।
उक्त बोनसदर मृत्यु दावी भुक्तानी, पूर्ण वा आंशिक अवधि दावी भुक्तानी, समर्पण मूल्य दावी भुक्तानी, चुुक्ता मूल्य दावी भुक्तानी तथा चालु बीमालेखहरुमा कायम हुने कम्पनीले जनाएको छ ।
Advertisment