Below Menu
Below Menu

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स आठौं वर्षमा प्रवेश 

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स आठौं वर्षमा प्रवेश 

काठमाडौं : रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी जीवन बीमा कारोबार शुरु गरेको ७ वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । 

सातौं वार्षिकोत्सवको अवसरमा कम्पनीले बिमा जागरण सहितको प्रभातफेरी र अन्य शाखाहरूमा  विभिन्न कार्यक्रमहरु गरेको छ ।

जसअनुसार दमक, नारायणगढ, लेखनाथ, बुटवल, नेपालगन्ज शाखाहरूमा रक्तदान, दमौली शाखाको आयोजनामा भोर्लेटारमा स्वाथ्य शिविर, धनकुटामा स्वास्थ्य शिविर, राजविराज शाखामा वृक्षारोपण गरिएको छ

यस्तै अन्य केही शाखाहरूले विद्यालयहरूलाई शैक्षिक सामाग्रीहरू तथा वृद्धाश्रममा खाद्य सामाग्रीहरू वितरण तथा सरसफाइ समेत गरी वार्षिकोत्सव मनाएका छन् ।

सो अवसरमा कम्पनीले बीमालेख खरिद गर्ने करिव ७० लाख बीमितहरु, कम्पनीको पहुँचलाई दुर दराज सम्म पुर्याउन अहं भूमिका खेल्ने रिलायबल एडभाइजर नियमनकारी निकायहरु, लगानिकर्ता, अहोरात्र काम प्रति समर्पित कर्मचारी वर्गहरु, पत्रकार, लगायत समस्त सरोकारबालाहरुलाई आभार व्यक्त गरेको छ । 
 

Advertisment

थप समाचार