काठमाडौं : खोरङ्गा हाईड्रोपावर लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । भदौ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्ने प्रस्तावसहित असोज ७ गते वार्षिक साधारण सभा बोलाएको हो ।
उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय महाराजगंज, काठमाडौंमा बिहान १० बजे हुनेछ। सभाले आईपीओ निष्कासन गर्ने प्रस्तावसँगै प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि पारित गर्नेछ ।
यसका साथै सभाले गत आर्थिक वर्ष ०८०र८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्ने ,चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती गर्ने र सञ्चालक समितिको गठन, सञ्चालक समितिको खर्च तथा भक्ता सम्बन्धमा पनि आवश्यक छलफल गर्नेछ ।
Advertisment